
एजेन्सी । भारी हिमपातका कारण मध्य जापानको जनजीवन प्रभावित भएको छ । थुप्रै हवाई उडान रद्द भएका छन् भने रेल सेवामा अवरोध उत्पन्न भएको छ ।
‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजारभन्दा बढी परिवारहरू अन्धकारमा बस्न बाध्य भएका छन् । सरकारी अधिकारीहरुले सोमबार राति थप हिउँ पर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् ।
हिमवर्षा र चिसो मौसमका कारण अहिलेसम्म कसैको ज्यान नगएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले जानकारी दिनुभयो । उहाँले उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको जानकारी दिँदै मंगलबार अझै ठूलो हिमपातको सम्भावना रहेको बताउनुभयो ।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा आज २४ घण्टाको अन्तरालमा २६ इन्च हिउँको सतह बनेको एनएचकेले बताएको छ । हाइकोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमवर्षा हो ।
प्रतिक्रिया दिनुहोस्