
काठमाडौं । नेपाल आर्मीकी मन्जु विक १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता अन्तर्गत महिला खुला तौल समूहमा पहिलो भएकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साेमबार भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् । करिष्मा कार्की तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भइन ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिं सुनार पहिलो भए । उनले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराए । केन्द्रीय डोजोका प्रेम तामाङ तेश्रो बने ।
पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाए । सो क्योकुसिनका सतल लामा तेश्रो तथा आर्मीका मनोज थपलिया चौथो स्थानमा रहे ।
पुरुष ६० केजीमुनि सो क्योकुसिनका सुजन पाख्रिनले फाइनलमा आर्मीका भुपेन्द्र वलीलाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्रदान गर्नुभयो ।
दुईदिने प्रतियोगितामा आर्मी र सात प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी थिए । पुरुषमा ३ तथा महिलामा १ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्