१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्जा विस्तारमा बैंकहरू आक्रामक


2.834k
Shares

काठमाडौं । कर्जा विस्तारमा वाणिज्य बैकहरू आक्रमक देखिएका छन् ।

निक्षेप बढ्न नसक्दा पनि वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने निरन्तर बढिनै रहेको हो । गत साता ४० खर्ब ८५ अर्ब प्रवाह भएको कर्जा यो साता ३ अर्बले बढेर ४० खर्ब ८८ अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

पुस लागेपछि वाणिज्य बैंकहरूको निक्षेप ४ अर्बले घटेको छ । नेपाल बैंकर्स संघले सोमबार उपलब्ध गराएको तथ्याङ्कअनुसार ४२ खर्ब ३९ अर्ब रहेको निक्षेप एक साताको अवधिमा ४२ खर्ब ३५ अर्बमा झरेको हो ।