२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहलाई


507
Shares

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहले प्राप्त गर्नु भएको छ ।

सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै साहले ‘रिम्याच’ को उपाधि प्राप्त गर्नु भएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क सहभागी भएका थिए ।

साहले प्रतियाेगीतामा यसपटक कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका विशुद्ध मौलिक नेपाली परिकारहरू पस्किनु भएको थियो । आफ्नी आमाले बनाएर खुवाएको खानेकुरालाई नै परिस्कृत गर्दै प्रतियोगितामा सहभागी हुनु भएको थियो । करिब पाँच महिना नेपाल बसाइका क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको शाहले बताउनुभयो ।

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा साह उपविजेता समेत बन्नु भएको थियो । नेपाली खानालाई विश्वमाझ चिनाउने लक्ष्यसहित अघि बढ्नु भएका साहले यसपटक पाएको सफलताले थप उर्जा थपेको बताउनुभयो ।