८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सर्लाहीको बयलवास बजार आज पनि बन्द


26
Shares

सर्लाही । जिल्लाको बयलवास बजार आज(मंगलबार) पनि बन्द गरिएको छ ।

प्रहरीको भ्यानले आइतबार राति ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले मंगलबार पनि बजार बन्द गराएको हो ।

स्थानीयले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दे इलाका प्रहरी कार्यालय, ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

आइतबार राति इलाका प्रहरी कार्यालय, ईश्वरपुरको भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का रामकुमार महतोको मृत्यु भएको थियो ।

फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्पm जादैँ गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो ।