१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्बन्ध विच्छेदको मुद्दामा श्रीमानलाई ८ हजार वर्षको कैद…


1.404k
Shares

एजेन्सी । विवाहपछि श्रीमान्श्रीमतीको सम्बन्धमा खटपट हुँदा एकअर्काबीच टाढा बस्ने र सम्बन्ध विच्छेद हुनेगर्छ । विभिन्न देशअनुसार सम्बन्ध विच्छेदका कानुन फरक हुने गर्छन् ।

कानुनअनुसार सम्बन्ध विच्छेदको मुद्दामा पाँच, दश वा पन्ध्र वर्षसम्मको सजाय हुनेगर्छ । तर, इजरायलको एक अदालतले सम्बन्ध विच्छेदको घटनामा अकल्पनीय फैसला सुनाएको छ । त्यहाँको अदालतले सम्बन्ध विच्छेदको घटनामा श्रीमान्लाई ८ हजार वर्षको सजाय सुनाएको छ ।

इजरायल बस्ने श्रीमतीले अस्ट्रेलियन नागरिक श्रीमान् नोआम हपर्टविरुद्ध मुद्दा दायर गरेसँगै उनलाई अदालतले इजरायल छाड्न प्रतिबन्ध लगाएको छ । अदालतले ३१ डिसेम्बर ९९९९ सम्म इजरायल छोडेर कतै जान नमिल्नेगरी उनलाई प्रतिबन्ध लगाएको छ ।

सजायबाट बच्नका लागि हपर्टले ३० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न अदालतले भनेको छ । त्यो रकम उनीहरूको सन्तानको पालनपोषणमा खर्च हुनेछ । रकम तिर्न नसके उनी ८ हजार वर्षका लागि इजरायलमा रहनेछन् । अस्ट्रेलियामा रहँदै आएका नोआम २०१२ मा आफ्ना दुई बच्चासहित इजरायल गएका थिए । त्यहि बेलामा श्रीमतीले उनीविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

घटनापछि बेलायती पत्रकार मारिएनी अजीजीले कैयौं अट्रेलियन नागरिकहरूले यो समस्या भोगिरहेको बताएका छन् । यस्ता घटनामा दूतावास पनि मौन बस्ने गरेको छ । दूतावासले आफ्नो कार्यालयमा यस्ता घटना र मुद्दाको विषयमा सूचना नआएको जनाएको छ ।

इजरायली अदालतको फैसलामाथि मानवअधिकारकर्मीहरूले प्रश्न उठाएका छन् । उनीहरूले मानवअधिकारका सामान्य प्रोटोकल पनि पालना नगरी अदालतले फैसला गरेको भन्दै असन्तुटि जनाएका छन् । साथै मानिसको मृत्यु भइसकेपछि पनि नछाड्ने तवरले सजाय सुनाइएको उनीहरूको भनाइ छ ।