
हेटौंडा । मकवानपुर प्रहरीले ६९ किलो ५ सय ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
काउली राखेको तरकारीको बोराबाट गाँजासहित तरकारी बोकेको अटोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले हेटौंडा–१ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्दा काउलीको बोरा भित्र लुकाएर ल्याएको गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा अटो चालक मकवानपुर कैलाश– ५ कटहरेका ३४ वर्षीय सिताराम मोक्तान, गाँजा ओसारपसारमा संलग्न मकवानपुर कैलाश–१ बस्ने ३३ वर्षीय अमरबहादुर गिरी र सोही ठाउँ बस्ने २६ वर्षीय ईन्द्रबहादुर मोक्तान रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताउनुभयो ।
पक्राउ परेका माथि आवश्यक अनुसन्धान सुरु गरिएको एसपी गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्