२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


एभिसि सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फ श्रीलंका च्याम्पियन, नेपाल चौथो


104
Shares

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि श्रीलंकाले जितेको छ । हिजो भएको फाइनल खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गरेको हो ।

तेस्रो स्थानको लागि भएको प्ले अफ खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा हारेपछि नेपाल चौथो स्थानमा समेटियो ।

यसैगरी, सेन्ट्रल जोन भलिबलको महिलातर्फको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा हिजै भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपाल लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

डिसेम्वर २३ बाट ढाकामा सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ५ र महिलामा ६ राष्ट्रको सहभागिता रहेको थियो ।