१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज बिहानैदेखि देशभर वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर


143
Shares

काठमाडौं । देशका अधिकांश भेगमा आज बिहानैदेखि हल्का वर्षा भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अधिकाशं ठाउँमा हल्का वर्षा गराएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात समेत भइरहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ ।

हिजोदेखि देशभर चिसो पनि बढेको छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलि भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।