२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फोनिजको अध्यक्षमा पुनः शिल्पकार


156
Shares

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार पुनः अध्यक्षमा चयन हुनु भएको छ । फोनिज भक्तपुरको तेस्रो अधिवेशनबाट शिल्पकार अध्यक्षमा चयन हुनु भएको हो ।

फोनिज भक्तपुरको उपाध्यक्षमा रामगोपाल तमखु, सचिवमा विनोद कोजू, कोषाध्यक्षमा रेनू त्वायनावासु, सहसचिवमा प्रदिप श्रेष्ठ चयन हुने भएका छन् । यसैगरी, कार्यसमिति सदस्यमा रत्नकाजी प्रजापति, हरिबहादुर श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र दिपक श्रेष्ठ चयन हुनु भएका छन् ।

अधिवेशनको फोनिजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गजुरधन राईले उद्घाटन गर्नु भएको थियो ।