
भक्तपुर । चाँगुनारायण नगरपालिका–३ झौखेलमा अबस्थित मानव कल्याण समाज सेवा घरमा रहेका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित गंगालक्ष्मी अवालले सो सेवाघरमा रहेका ५५ जनालाई वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो टोपी र मोजा वितरण गर्नु भएको हो ।
केन्द्रीय सदस्य अवालले सो सेवाघरलाई १० हजार नगदका साथै वृद्धवृद्धा र बालबालिकालाई भोजन खुवाउनु भएको थियो ।
उहाँले आफूले सेवा घरलाई पहिला देखि नै सहयोग गर्दै आईरहेको जानकारी दिनु हुँदै आगामी दिनमा नेपाली कांग्रेसको तर्फबाट पनि संस्थालाई सहयोग गर्न पहल गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा सेवाघरका तर्फबाट निर्मल चौलागाईले सेवाघरले हालसम्म बैदेशिक सहयोग नलिएको र राज्यबाट पनि आर्थिक सहयोग नपाएको अबस्थामा विभिन्न संघसंस्था र व्यक्तिहरूले आफ्नो विशेष दिनको अबसरमा सहयोग गरेकोबाट सेवाघर नियमित संचालन भएको बताउनु भयो ।
चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि निकै खुशी र राहत मिलेको वृद्धवृद्धाले बताएका छन् । सेवा घरमा ५५ जना अनाथ बालबालिका तथा वृद्धवृद्धा रहेका छन् ।
सो अवसरमा केन्द्रीय सदस्य अवाललाई सेवाघरले बधाई ज्ञापन तथा सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्