२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


युरोपमा ओमिक्रोन भेरियन्ट डढेलो झैं फैलिंदै

फ्रान्समा एकैदिन १ लाख ८० हजार संक्रमित

403
Shares

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट डढेलो झैं फैलिएको छ । संक्रमणले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड बनाईरहेको छ ।

फ्रान्समा मंगलबार एकैदिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत शनिबार १ लाख ४ हजार रहेको थियो । बेलायतमा २४ घण्टामा १ लाख २८ हजार बढी संक्रमित थपिएका छन् । इटली, ग्रीस, साइप्रसलगायतका अन्य युरोपेली मुलुकहरुमा पनि संक्रमणको गति तीब्र बनेको छ ।

युरोपमै सबैभन्दा बढी जनतामा खोप लगाएको पोर्चुगलमा पनि संक्रमण दैनिक नयाँ रेकर्ड देखिएको छ । यस्तै, बेल्जियम, नेदरल्याण्ड र रुसमा पनि ओमिक्रोन संक्रमणले डढेलोको रुप लिएको छ । उता, अमेरिकामा पनि संक्रमण परीक्षण गराउनेहरुको बढ्दो लाइनले ओमिक्रोनको संक्रमण कसरी फैलिएको छ भन्ने संकेत गरेको संचारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले परीक्षणलाई अभियानको रुपमा अघि बढाउने बताउनु भएको छ ।