
बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ ।
ढोरपाटन लगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण पशुचौपायालाई घाँस, दाना खुवाउन र कामकाज गर्न समस्या भएको निसीखोला गाउँपालिका वडा नम्बर ६ सीपका ओम घर्ती मगरले जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्र गाजाको दह, ताराखोलाको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । हिमपातले बागलुङको उच्च पहाडी क्षेत्र ढाँकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्