१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानचेस्टर युनाइटेडद्वारा बर्नले ३–१ ले पराजित, एभर्टन र न्युकासलको खेल कोभिडले रद्द


78
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई ३–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई विजयी गराउन स्कट म्याक्टोमिने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गर्दा बर्नलेका बेन मी ले एक आत्माघाति गोल गरे । पराजित टोली बर्नलेको लागि आरोन लेनन्ले एक गोल फर्काए ।

गएराति नैं हुनुपर्ने एभर्टन र न्युकासल युनाइटेडबिचको खेल भने कोभिडका कारण पोस्टपोन्ड गर्नुपर्‍यो ।

गएरातिको खेलपछि म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकाको छैटौंं स्थानमा उक्लिएको छ । १८ खेलबाट उसको ३१ अंक भएको छ । समान ३१ अंकको साथ वेष्ट ह्याम युनाइटेड पाँचौ स्थानमा छ ।

लिगमा २० खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ४२ अंकको साथ चेल्सी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेका लिभरपुल र आर्सनल क्रमशः ४१ र ३५ अंकको साथ तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।