
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्