१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हरर विषयमा आधारित फिल्म ‘कठपुतली’ आजदेखि देशभरका हलमा प्रर्दशन


143
Shares

काठमाडौं । हरर विषयमा निर्माण भएको फिल्म ‘कठपुतली’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

‘चपली हाइट ३’ फिल्म अन्तिम समयमा सरेपछि ‘कठपुतली’ ले एकल प्रदर्शनकाे अवसर पाएको हो । यो फिल्म हिजो बिहीबारबाट रिलिजमा आउने भनिएको थियो ।

भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।

पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।