
सांकेतिक तस्विर
भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा चार तले घरबाट खसेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
आज बिहान सवा ६ बजे ४ तला माथिबाट खसेर उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।
उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्