
काठमाडौं । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएपछि नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरिएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही साता कोरोनाको ओमिक्रोन भेरियन्टमा बृद्धि भएपछि भारत सरकारले सो निर्णय गरकोे हो ।
भारत सरकारले नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । हिजो मात्र भारतभर १ हजार २ सय ७० जना ओमिक्रोनका संक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३ सय २० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।
यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ । नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १ सय ५० जना संक्रमित पाइएकामा दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्