
काठमाडौं । ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत् चन्द्रागिरि केबलकारको टिकट बुकिङ्गमा ३० प्रतिशत क्यासब्याक दिने भएको छ ।
चन्द्रागिरि केबलकारको टिकटहरूमा मात्र मान्य हुने यो क्यासब्याकको पुस १४ गतेदेखि १७ गतेसम्म हुने कम्पनीले जनाएको छ । यो अफरम आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।
३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।
प्रतिक्रिया दिनुहोस्