
काठमाडौं । विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क नदिएका विद्यार्थीलाई कक्षा कोठामा प्रवेश नदिएपछि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।
नेपाल विद्यार्थी संघले यसको विरोध गर्दै कलेज आज अगाडि प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिन खोजेपछि विद्यार्थीहरूले विरोध गर्दै आएका थिए ।
दुवै मेडिकल कलेजले अतिरिक्त शुल्क नदिने विद्यार्थीलाई पठनपाठन नै नगर्ने जनाएपछि नेपाल विद्यार्थी संघ र विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
मंसिर १९ गतेदेखि चिकित्सा शिक्षा तर्फको एमबीबीएस प्रथम वर्षको पठनपाठन सुरु भइसकेको छ । तर, नोबेल र केएमसी कलेजले थप शुल्क नदिएको भन्दै विद्यार्थीको पठनपाठन नै सुरु गरेका छैनन् ।
आयोगले अनिवार्य गरेको बाहेक होस्टेल, बिजुली, इन्टरनेट, खाना लगायतको शुल्क समावेश गरी बढी शुल्क मागिएको विद्यार्थीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्