१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको हो : अध्यक्ष नेपाल


39
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनुभएको छ ।

काठमाडौंमा नेकपा एस र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता घोषणा कार्यक्रममा नेपालले जनताको कल्याणका लागि सुकुम्वासी समस्या, समावेशी राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरू आफूले अघि सारेको बताउनुभयो ।

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसले भोगिरहेको समस्यालाई आफ्नो समस्याको रुपमा लिने गरेको बताउनुभयो ।