
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको छ ।
५ रुपैयाँ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टाँचा लगाउनुभएको हो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्वरले विगत ७० वर्षदेखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाई कदर गर्दै संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा सञ्चार मन्त्रालयलाई आभार प्रकट गर्नुभयो ।
मल्लले २००७ सालमा स्थापित नेपालको सबैभन्दा पुरानो वाणिज्य संगठन चेम्वर व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी आन्तरिक तथा विश्व बजारमा दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताउनुभयो ।
सञ्चार मन्त्री कार्कीले सबै एकजुट भएर लागे आर्थिक समृद्धि हाशिल गर्न धेरै समय नलाग्ने बताउनुभयो ।
सञ्चार सचिव डा.बैकुण्ठ अर्यालले प्रकाशित हुलाक टिकटले चेम्वरको पहिचान सहित चेम्वर अभियानलाई बिश्वव्यापी बनाउन मद्धत पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्