१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्छ : रामचन्द्र पौडेल


52
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

तनहुँको दमौलीमा ४६औं मेलमिलाप दिवस एवं नवनिर्वाचित जिल्ला कार्य समितिको पदस्थापन समारोहलाई सम्वोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।

पौडेलले अहिले पनि पार्टीभित्र मनोमानी रहेको भन्दै सबै जना इमान्दार भएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

वीपीले लिएको मेलमिलापको नीति लिएर अघि बढेको भन्दै उहाँले त्यसलाई सबैले शिरोधार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता पौडेलले भर्खरै सम्पन्न भएको १४औं महाधिवेसनमा सबैले रुपान्तरणको नारा लिए पनि अन्तिम समयमा कोही पछि हट्ने अवस्था नभएपछि आफैं प्रतिस्पर्धाबाट बाहिरिएको बताउनुभयो ।