
एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकाले ठूलो क्षति बिना ओमिक्रोनको लहर पार भएको जनाएको छ ।
दक्षिण अफ्रिकी सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाउँदै अमेरिका र युरोपमा ओमिक्रोनले संक्रमण तीव्र रूपमा बढिरहेका बेला आफनो देशले आशालाग्दो तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।
ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढेर उच्च विन्दुमा पुगेको र अहिले यस्को गति सुस्त भएको दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले जानकारी दिएका छन् ।
गत चार सातामा संक्रमण उच्च विन्दुमा पुगेतापनि उच्च सतर्कता अपनाएका कारण र पछिल्ला दुई सातामा नियन्त्रणमा आएको जनाएको छ । गत नोभेम्बर अन्तिममा बोत्स्वाना र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्