१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बागमती, गण्डकी र प्रदेश १ मा हिमपात हुने


91
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १६ गते (शुक्रबार)

राती : देशभर आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

पौष १८ गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ

राती : देशभर आंशिक बदलीको रहने छ।