
एजेन्सी । ओपनर लोकेश राहुललाई भारतले दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिजको खेलमा कप्तानको जिम्मेवारी दिएको छ ।
भारतको क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई सिरिजको लागि राहुलको कप्तानीमा टोली घोषणा गरेको हो । तीव्र गतिका बलर जस्प्रित बुमराहलाई भारतले उपकप्तानको जिम्मेवारी दिएको छ ।
नवनियुक्त कप्तान रोहित शर्मा चोटका कारण उपलब्ध नभएपछि भारतले राहुलालाई कप्तानी भूमिका दिएको हो । अघिल्लो महिना बीसीसीआईले विराट कोहलीलाई कप्तानबाट हटाउँदै रोहित शर्मालाई नियुक्त गरेको थियो ।
राहुलले इन्डियन प्रिमियर लिगमा पन्जाब किंग्सबाट कप्तानी गरिसकेका छन् । राहुल पछिल्लो समय भारतका तीनै शैलीका एक उत्कृष्ट ब्याटरमा पर्दछन् ।
टोलीमा विराट कोहली, शिखर धवन, रविचन्द्रन आश्विन लगायतका अनुभवी खेलाडी छन् । चर्चित अलराउन्डर हार्दिक पाण्ड्या भने भारतीय टोलीमा छैनन् ।
प्रतिक्रिया दिनुहोस्