
काठमाडौं । अमेरिकामा एक महिलाले आफ्नी आमाका हत्यारासँग मित्रता गरिन् । जेनिफर वेइस नाम गरेकी ती महिलाले आमा दीदेह गुडार्जीको हत्यारा सिरियल किलर रिचर्ड कोटिंघमसँग मित्रता गरेकी हुन् ।
रिचर्ड कोटिंघम नामको एक सिरियल किलरले करिब एक दर्जन भन्दा बढि हत्या गरेको थियो । अहिले उनी जेलमा सजाय काटिरहेका छन् ।
डेलीस्टारको रिपोर्टका अनुसार जेनिफरकी आमा गुडार्जीलाई सिरियल किलर रिचर्डले टाउको काटेर शरीरलाई जलाएको थियो । जेनिफरकी आमा गुडार्जीलाई हत्यारा रिचर्डले टाउको काटेर शरीरलाई जलाएको थियो । यति हुँदाहुँदै पनि जेनिफरले त्यस हत्यारासँग मित्रता गर्नुको कारण अन्य पीडितहरुको बारेमा पत्ता लगाउन चाहेको बताइएको छ ।
रिपोर्टका अनुसार सन् १९७९ डिसेम्बरमा न्युयोर्क शहरको एउटा होटेलको कोठामा हत्यारा रिचर्डले मारेका दुई महिला मध्ये जेनिफरकी आमा सहित अर्की १६ बर्षीय युवती थिइन् । रिचर्डले १६ बर्षीय युवतीको टाउँको र हात काटी आफुसँगै लिएर भागेका थिए ।
जेनिफर भन्छिन् ‘जबसम्म हामी यो पत्ता लगाउँदैनौं कि ती मृतक को थिए तबसम्म म शान्तिसँग बस्ने छैन । त्यसैले म त्यही गरिरहेकी छु, जे मैले गर्न चाहिरहेकी थिएँ ।’
उनले जेलमा रहेका ७५ बर्षीय रिचर्डलाई चिठी लेखेर साथी बनाएकी थिइन् । सन् २०१७ देखि उनले रिचर्डलाई भेट्न सुरु गरेकी उनले अहिलेसम्म ३० पटक भन्दा बढि भेटीसकेकी छिन् । रिचर्डंले एउटा पत्रमा मैले तिम्रो जीवनमा दिएको सबै पिडाहरुको लागी म माफी चाहान्छु भन्दै जेनिफरसँग माफी मागेका छन् ।
रिचर्ड काटिंघमलाई सुरुमा पाँच ओटा हत्याका लागी दोषी ठहर गरिएको थियो । तर, उनले बिगत ४० बर्षमा अन्य ६ ओटा हत्या गरेको स्वीकार गरेका छन् । उनले १७ बर्षीय मेरी एन प्रार र १६ बर्षीय लोरेन मेरी केलीलाई सन् १९७४ मा अपहरण गरी यातना दिँदै पानीमा डुबाएर मारेको हो भनि स्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्