
गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताउनुभएको छ ।
गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा मन्त्री झाक्रीले केही नेताहरूले आश्वासन बाँडेर काम नगरेको भन्दै आफूले काम गरेपछि मात्र बोल्ने बताउनुभयो ।
‘अहिले म गर्न नसक्ने योजना बाँड्दै हिड्न चाहान्न,’ उहाँले भन्नुभयो, ‘हिजो कसैले बोलेर जनताहरूलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बोल्छु ।’
फरक प्रसङ्गमा मन्त्री झाक्रीले धुर्कोटको शिक्षा लगायत अन्य विकासका काममा आफूले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उहाँले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।
विद्यार्थीहरूको भोलिको शिक्षा कस्तो हुन्छ भन्ने कुराको ग्यारेन्टी कक्षाकोठाको सिकाइले नै गर्ने भएकाले शिक्षकहरूले सिकाइमा विशेष ध्यान दिन पनि मन्त्री झाक्रीले निर्देशन दिनुभयो ।
सरकारी विद्यालयहरूमा देशभर नै शिक्षकको दरवन्दी अभाव रहेको भन्दै उहाँले त्यसको व्यवस्थापनमा सरकार लागेको जानकारी दिनुभयो ।
मन्त्री झाँक्रीले विद्यालयको नवनिर्मित ४ कोठे भवनको समेत उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्