काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
सभामुख सापकोटाले प्रतिनिधिसभाको भोलि (आइतबार) बस्ने बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।
बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विगत लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ । प्रतिपक्ष दलका सांसदहरूको अवरोधकाबीच सभामुखले संसदका कामकारबाही अगाडि बढाउँदै आउनुभएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठक सुचारु गर्ने विषयमा पनि छलफल हुने सत्तारुढ दलका सांसदले जानकारी दिएका छन् । संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरे पनि सफल हुन सकेको छैन ।
पार्टीले कारबाही गरेको १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्