१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादीको नेतृत्व चयन पहिलोपटक निर्वाचनबाट, भोलि विहान ११ः३० देखि मतदान


598
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्न लागेको माओवादी केन्द्रले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।

यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने बेलुकी ८ बजेदेखि सुरु हुँदैछ । राति १०ः३० मा उम्मेदवार मनोनयनपछिको सूची सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी सूची सार्वजनिक गरे लगत्तै आइतबार बिहानबाट उम्मेदवारको विरोधमा उजुरी दिने समय बिहान ८ः०० देखि ८ः३० सम्म तोकिएको छ ।

साथै, उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ८ः३५ मा निर्वाचन आयोगले दिनेछ । उजुरी उपर निर्वाचन समितिले ९ बजेसम्म छानविन गदै ९ः१० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिइने आयोगकले जनाएको छ ।

आइतबार विहान ११ः१५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० बाट मतदान प्रक्रिया सुरु हुनेछ । जुन दिउँसो ४ बजेसम्म आयोगका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।