
एजेन्सी । अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरहरुमा फैलिएपछी सयौं घर जलेर नष्ट भएका छन् ।
बोल्डर काउन्टीस्थित जंगलबाट डढेलो शुरु भएपछी हजारौं नागरिकहरु घर छोडेर भागेका थिए । डढेलो नियन्त्रणमा लागि दर्जनौ दमकल र हेलिकप्टर प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा शहरहरुमा फैलिएको हो ।
डढेलोका बीच हराएका ३ जना जिवितै रहने सम्भावना भने कम रहेको बताइएको छ । डढेलो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्