२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खराब मौसम र कोरोनाका कारण शनिबार एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द

अमेरिकामा मात्रै २५ सय उडान रद्द, यात्रुहरु विमानस्थलमै अलपत्र

208
Shares

काठमाडौं । खराब मौसम र कर्मचारीहरु कोरोना संक्रमित भएका कारण शनिबार एकैदिन बिश्वभर ४४ सय हवाई उडान रद्द भएका छन् । जसमध्ये अमेरिकामा मात्रै २५ सय उडान रद्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

विभिन्न बिमान कम्पनीका चालक दलका सदस्य सहित अन्य कर्मचारीहरु कोरोना संक्रमित भएका कारण कर्मचारी अभावका कारण उडानहरु रद्द भएको बताईएको छ ।

त्यस्तै, अमेरिकाका विभिन्न स्थानमा भएको भारी हिमपातले पनि उडानहरु रद्द भएका हुन । उडान रद्द भएपछि नयाँ बर्ष र क्रिसमस मनाउन बिभिन्न मुलुकको भ्रमणमा गएकाहरु बिमानस्थलमा अलपत्र परेका छन् । गत डिसेम्बर २४ देखि हालसम्म १२ हजार उडानहरु रद्द भइसकेका छन् ।

बिमान कम्पनीका कर्मचारीहरुलाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण भएका कारण आइसोलेशनमा रहेको बिमान कम्पनीहरुले जनाएका छन् ।