१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तराईमा बाक्लो हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हिमपात हुने


78
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाअनुसार हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आँशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले  चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्ताे छ तीन आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १८ गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ ।

राती : देशभर आंशिक बदलीको रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष १९ गते (सोमबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।

राती : देशभर आंशिक बदलीको रहने छ। 

पौष २० गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।

राती : सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ।