२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रकाे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै


130
Shares

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्न लागेकाे हाे । बैठकले पदाधिकारीको चयन गर्ने माओवादी केन्द्रले जनाइएको छ ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो। त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो।