
काठमाडौ । देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाकाअनुसार बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १९ गते (सोमबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ।
राती : देशभर आंशिक बदली रहने छ।
पौष २० गते (मंगलबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ।
राती : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
पौष २१ गते (बुधबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी,गण्डकी तथा बागमती प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्