
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान साढे ९ बजेदेखि जारी बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबण्डा गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी माघ १२ गते १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।
त्यसका लागि भोलि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले गठबन्धन दलहरु भागबण्डाका लागि जुटेका हुन । सत्ता गठबन्धनबीच भागबण्डा हुँदा १९ सीट मध्ये अधिकांशमा उनीहरुकै पकड हुने अवस्था छ । प्रदेश १ बाहेक अन्य प्रदेशहरुमा गठबन्धनको बहमुत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्