
काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गर्दै ‘बिओके स्मार्ट सेभिङ खाता’सार्वजनिक गरेको छ ।
‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकलाई बैंकिङ्ग सेवाहरूमा थुप्रै छुट र उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले बचत खाता सञ्चालनमा ल्याएको हो । ग्राहकले अनलाइनबाट पनि खाता खोल्न सक्नेछन् ।
बचत खातामा ग्राहकले ६ दशमलव ५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ, डेबिट कार्ड जारी र डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट उपयोग गर्न सक्नेछन् ।
थुप्रै छुट र धेरै सुविधाहरू सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरूको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्