१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा लगाइएको रोक प्रति अक्सफामद्वारा आपत्ति


156
Shares

काठमाडौं । गैरसरकारी संस्था अक्सफामले भारतको ‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर आफनो संस्थालाई परेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।

इसाइ नन मदर टेरेसाद्वारा स्थापित उक्त संस्थाले इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले विदेशी सहायता लिनबाट रोक लगाएको छ ।

अक्सफामले एक बिज्ञप्ती जारी गरी भारत सरकारो निर्णयले विश्वभर रहेका १६ देशमा जारी मानवीय र सामाजिक कार्यमा असर पर्ने बताएको छ । विदेशी सहयतामा लगाईएको रोक फुकुवा गर्न भारत सरकारलाई पत्राचार गरिएको भए पनि भारत सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यस्तै, मदर टेरेसा ट्रष्टको नविकरण रोकेकोप्रति पनि अक्सफानले आपत्ति जनाएको छ ।