
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित चौरमा लागूऔषध सेवन गराइ पटक–पटक बलात्कार भएको खुलासा भएको छ ।
२०स वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।
बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराइ बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाको खबर पाउनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्