
एजेन्सी । बेलायतको क्याम्ब्रिजशायरमा आफ्नो बच्चाको हत्यारालाई जोगाउन खोज्दा एक महिला र उनको प्रेमी दुबै जेल गएका छन् ।
लुसी स्मिथ नामकी २९ वर्षीया एउटी महिलाले आफ्नो साढे दुई महिनाको बच्चाको हत्यारालाई बचाउन प्रहरी समक्ष झुट बोलेकी थिइन् । बेलायती सञ्चार माध्यमका अनुसार लुसीका ३१ वर्षीय प्रेमी केन मिसेलले बच्चाको टाउको कडा बस्तुमाथि पछारेका थिए । जसले गर्दा बच्चाको मृत्यु भएको थियो ।
सन् २०१९ मा भएको यो घटनाको रहस्य अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको हो । ती बच्चाको टाउकोको हड्डी १७ ठाउँमा भाचिएको थियो । केन त्यतिबेलै पक्राउ परेपनि उनले हत्याबारे ढाट्दै आएका थिए ।
उनले बच्चाको मृत्युबारे प्रहरी अदालतमा पनि गोहीले आँशु बगाएजस्तो गरेर नाटक गरेका थिए । लुसी र केन बच्चाको हत्या हुनु ८ महिना अघिदेखि प्रेममा थिए । उनीहरु सँगै पनि बस्दै आएका थिए । त्यो दिन लुसी विद्यालय गएको मौका छोपेर केनले बच्चालाई कडा बस्तुमाथि पछारेका थिए । बालकको हत्याबारे प्रहरीले दुबैलाई सोधपुछ गर्दा उनीहरुले अनभिज्ञता जनाएका थिए । लुसी घटनाबारे जानकार हुँदा हुँदै पनि उनले प्रहरी र अदालतलाई ढाँटेकी थिइन् ।
पोस्मार्टम रिपोर्टको अनुसार बच्चाको टाउकोमा रगत जमेको कारण मुत्यु भएको समाचार मा उल्लेख छ । बेलायत प्रहरीले दुबैलाई हिरासतमा लिएको थियो । तर उनीहरु लगातार घटनाबारे झुट बोलिरहेका थिए । विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिने क्रममा लुसीले आफ्नो बच्चालाइ उनले धेरै माया गर्ने र बच्चा उनको सबै थोक रहेको बताउने गरेकी थिइन् ।
तर घटनामा केन र लुसी दुबैलाई दोशी पाएपछि हालसालै क्याम्ब्रिज क्राउन अदालतले लुसीलाई २ बर्षको र केनलाई १८ वर्षको जेल सजाय सुनाएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पनि बालकको हत्या डरलाग्दो र दुःखद भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्