१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चीनको दोश्रो ठूलो शहर युचाउमा लकडाउन


611
Shares

काठमाडौं । चीनमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका ३ जना संक्रमित फेला परेपछि देशको दोश्रो ठुलो शहर युचाउमा लकडाउन गरिएको छ । लकडाउनको अवधिभर अत्याबश्यक बाहेक अन्य सम्पुर्ण ब्यबसाय सञ्चालनमा रोक लगाईएको छ ।

यसअघि, चीनले १३ मिलियन जनसंख्या भएको सियान शहरमा गत २३ डिसेम्बरदेखि लकडाउन गरिसकेको छ ।

चीनमा नयाँ बर्ष र गृष्मकालिन ओलम्पिक सुरु हुन केही महिना बाँकी रहँदा कोरोना नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चीनले कोरोना संक्रमण न्युन पार्ने लक्ष्यका साथ यो कदम चालेको हो । चीनमा हाल गृष्मकालिन ओलम्पिकका लागि अन्तराष्ट्रिय स्तरबाट प्रतिनिधि र खेलाडीहरु पुगिसकेको र केही पुग्ने क्रममा रहँदा लकडाउन गरिएको छ ।