१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनश्रमदानमा सिले गाउँमा एक घर एक धारा निर्माण


169
Shares

डम्मर बुढा मगर

बागलुङ । बागलुङको सिलेका बासिन्दा आफ्नै घरको धाराबाट खानेपानी उपभोग गर्न पाउँदा दंग परेका छन् । एउटै धाराबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले सिले गाउँमा एक घर एक धारा निर्माण भएको छ ।

बागलुङको ताराखोला गाउँपालिका– २ सिलेमा दुई दशकअघि लुर्थन संस्थाले व्यवस्थापन गरेको खानेपानी नै स्थानीयले अहिलेसम्म उपभोग गर्दै आएका थिए । लामो समयसम्म पुरानै आयोजनाको पानी प्रयोग गर्दै आउँदा गाउँमा खानेपानी अपुग भएको थियो । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिकाले ‘नेपाल स्वास्थ्यका लागि पानी’ (नेवा)लाई आयोजनाको लागि आग्रह ग¥यो ।

नेवाले वि.सं. २०७६ सालमा गाउँमा सर्वे गरेपछि आर्थिक वर्ष २०७७/०७८ मा आयोजना परेको थियो । योजनाको निर्माण कार्य सम्पन्न भएपछि अहिले गाउँमा खानेपानी सहज भएको छ । एउटा धारोबाट दश/बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँमा एक घर एक धारा निर्माण भएको छ । हरेक घरमा धारो निर्माण भएपछि गाउँमा खुशी छाएको छ । ५७ घर रहेको सिले गाउँमा ५७ वटै धारा बनेका छन् । नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताउनुभयो ।

सिले वासमर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोतीलाल रोका मगरले पुरानो खानेपानी योजना जीर्ण भएपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधान गर्न नेवासँग माग गरेको बताउनुभयो । नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको बताउनुभयो ।

नेवा खानेपानी आयोजना ३७ लाख ३५ हजार ८ सय २७ को लागतमा निर्माण सम्पन्न भएको कोइरालाको भनाइ छ । नेवाको २० लाख ४१ हजार ३२९, ताराखोला गाउँपालिकाको ६ लाख र समुदायको १ लाख ९० हजारको जनश्रमदानमा सिले गाउँमा एक घर एक धारा निर्माण भएको होे ।