२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसका १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सर्‍यो


468
Shares

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ ।


यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यता विवादका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरसहित १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन ।

देशभरका अन्य जिल्लामा भने अधिवेशन भइ पार्टीको १४औँ महाधिवेशन समेत भइसकेको छ ।