२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उत्तर कोरियाबाट प्रोजेक्टाईल प्रक्षेपण, ब्यालेस्टिक मिसाइल हुन सक्ने आशंका


546
Shares

काठमाडौं । उत्तर कोरियाले प्रोजेक्टाइल नामक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका सेना प्रमुखका अनुसार उत्तर कोरियाले समुमा प्रोजेक्टाइल प्रहार गरेको हो ।

जापानका तट रक्षकहरुले पहिलो पटक प्रोजेक्टाइल प्रक्षेपण सम्बन्धि जानकारी गराएका हुन् । उनीहरुका अनुसार उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्छ । तर अहिलेसम्म पुष्टि भने हुन सकेको छैन ।

ब्यालेस्टिक र परमाणु हतियार परीक्षणमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल भएमा यो वर्ष उसको पहिलो मिसाइल परीक्षण हुनेछ । दक्षिण कोरिया तथा अमेरिकी गुप्तचर अधिकारीहरुले घटनाबारे नियालिरहेको बताएका छन् ।

केही दिनअघि उत्तर कोरियाली नेता किम जोङ उनले देशको रक्षा क्षमता थप बलियो र कडा बनाउने बताएका थिए ।