१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गर्ने


91
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाही लगायत विषयमा आज मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै निर्देशन दिने कार्यक्रम रहेको छ ।

त्यसअघि आजै मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ । बैठकमा सरकारका काम कारबाही र प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।