
काठमाडौं । बैंक अफ काठमाण्डूले विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।
‘श्रम विदेशमा, प्रतिफल स्वदेशमा’ भन्ने मुलनाराका साथ विदेशमा रहेका नेपालीहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्न खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
विदेशमा बसेर श्रम गरिरहेका नेपालीले बचत तथा मुद्दती खाता बैंककाे शाखामा खाेल्न सक्नेछन् । उक्त खातामा ग्राहक वा खाता सञ्चालकले ११ दशमवल ०५ प्रतिशत वार्षिक ब्याजदर पाउने पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, बिओके रेमिट बचत खातामा मोबाइल बैंकिङ्ग शुल्क र डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतकाे छुट पाइनेछ ।
उक्त खातबाट विदेशमा श्रम गरी आर्जन गरिएको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन सक्ने बैंककाे विश्वास छ ।
बैंकले ९२ शाखा कार्यालय, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्