१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन– ‘जनअपेक्षाअनुसार काम गर्नुस्’


104
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनअपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो ।

प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरूलाई सचेत गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । यता, प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउनुभएको थियो ।