६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


केन्द्रीय सदस्यमा भएको मनोनयन एकपक्षीय र पूर्वाग्रही : निवर्तमान अध्यक्ष थापा


572
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा भएको मनोनयन एकपक्षीय र पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ ।

विधानको ठाडो उल्लंघन गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ३३ प्रतिशत महिलालाई समावेश नगरेको, मधेशी समुदाय र काठमाडौंलाई उपेक्षा गरेको निवर्तनमान अध्यक्ष थापाको आरोप छ ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले वरिष्ठ नेताहरूलाई उपेक्षा गरी निर्वाचन हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

मंगलबार अध्यक्ष लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो । राप्रपाको विधानले केन्द्रीय समिति १ सय ९९ सदस्यीय तय गरेको छ ।

१४९ जना निर्वाचनबाट चयन भइसकेकोे अवस्था अब अध्यक्षले १९ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनुहुनेछ ।

मंसिर १५ गतेदेखि १८ गतेसम्म चलेको महाधिवेशनमा थापालाई १ सय ८८ मत अन्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो । पराजित भएपछि थापाले पूर्वराजपरिवार प्रति चर्को आक्रोश पोख्नुभएको थियो ।