१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्ट्रियामा नक्कली खोप पास बनाएको भन्दै दुई दर्जन भन्दा बढी स्वास्थ्य संस्थामा छापा


143
Shares

काठमाडौं । अस्ट्रियामा नक्कली खोप पास बनाएको भन्दै दुई दर्जन भन्दा बढी स्वास्थ्य संस्थामा छापा मारिएको छ ।

अष्ट्रियाका गृहमन्त्री गेर्हार्ड कर्नरले खोप पास नक्कली बनाएको आशंकामा प्रहरीले दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा छापा मारेको बताउनु भएको हो ।

खोप पासको किर्तेको शंकामा २२ जनालाई अनुसन्धानको दायरामा राखिएको गृहमन्त्री गेर्हार्ड जानकारी दिनुभएको छ । छापा मार्ने क्रममा खोप पास बनाउन प्रयोग गरिने उपकरणसमेत जफत गरिएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा पक्राउ परेका २२ व्यक्तिले आफ्नो लागि मात्र नभई साथीहरू र चिनजानका ब्यक्तिहरुका लागि पनि कागजात किर्ते गरेको हुनसक्ने बताइएको छ ।