
पाँचथर । पाँचथरको फालेलुङ– ६ बरभन्ज्याङमा आगलागीबाट करोडौंको क्षति भएको छ ।
स्थानीय जित बहादुर मेयोङबाको घरबाट अचानक विद्युत सर्ट भई बिहिबार बिहान आगलागी हुँदा १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनु भयो ।
आगलागीबाट मेयोङबाको घर, उहाँले संचालन गर्दे आउनु भएको दुग्ध डेरी किराना पसल, नगद ७ लाख रुपैयाँ, नेपाली कांग्रेस वडा नं. ६ को कार्यालयको फर्निचर, कागजपत्र समेत जलेर नष्ट हुँदा करिब ५७ लाख रुपैयाँको क्षति भएको थियो ।
यस्तै, रामजित राईको घर, घरमा बस्ने धर्म केरुङको किराना पसल गरी करिब ४० लाख रुपैयाँ, मन बहादुर राईको २० लाख रुपैयाको घर, महेन्द्र राईले संचालन गर्दे आएको आईएमई मनि ट्रान्सफर जल्दा ६ लाख रुपैयाँ, सोही घरमा रहेको जुत्ता पसल जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ, सुरेन्द्र राईको फेन्सि पसल, अलैँची गोदाममा आगलागी हुँदा २० लाख रुपैया र रञ्जना राईको टेलर्स, लुगा सिलाउने मेसिन, कपडा समेत १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्